header ads

Version Conflict: मुलुकी अपराध संहिता, 2074

#. फौजदारी न्यायका सामान्य सिद्धान्त 
मुलुकी अपराध संहिता, २०74 
कसूर नहुने
▪︎कानून बमोजिमका काम
▪︎ तथ्यको भ्रममा परी गरेको काम
▪︎कसूर प्रमाणित नभएसम्म कसुरदार नमानिने 
▪︎बालवालिका(१० वर्ष उमेर पुगेका)ले गरेको काम
▪︎ होस ठेगानमा नरहेको व्यक्तिले गरेको काम 
▪︎मञ्जुरी लिई गरेको काम
▪︎भलाईका लागि मञ्जुरी लिई वा नलिई गरेको काम ▪︎भलाईका लागि संरक्षकको मञ्जुरी लिई गरेको काम
▪︎असल नियतले दिएको जानकारीबाट क्षति पुगेमा कसूर नहुने
▪︎ डर त्रासमा परी गरेका काम
▪︎ अन्य हानी, नोक्सानीबाट बचाउन नियतले गरेको काम ▪︎निजी (जीऊ, ज्यान वा सम्पति) रक्षाको लागि गरेको काम
▪︎ मामुली हानी नोक्सानी भएकोमा

सजाय नहुने
▪︎एउटै कसूरमा दोहोरो सजाय नहुने
▪︎कानून बमोजिम बाहेक सजाय नहुने

सजाय हुने
▪︎बालबालिकाबाट गराएको कसूरमा उमेर पुगेकोलाई
▪︎समूहबाट भएको कसूरमा सबै सदस्यलाई

अन्य
▪︎स्वच्छ सुनुवाइबाट वञ्चित नहुने,
▪︎आफ्नो विरुद्ध साक्षी  हुन कर नलाग्ने
▪︎ ज्यान लिने अधिकार नहुने
▪︎निरपेक्ष दायित्व हुने कसूरमा अपराधिक मनासाय परीक्षण नहुने
▪︎ संगठित संस्थाबाट भएको कसूरमा काम गर्ने गराउनेको आपराधिक दायित्व हुने
▪︎ अपराध पीडितलाई मुद्दाको कारवाहीको जानकारी र क्षतिपूर्ति पाउने हक

मुलकी अपराध संहिता, २०७४ को विशेषता
परिचय
- मुलुकमा कानुन तथा व्यवस्था कायम गरी सर्वसाधारणको नैतिकतामा ,शिष्टाचार, सदाचार ,सुविधा र आर्थिक हित कायम राख्नु नै  मुलुकी अपराध संहिता हो।
- विभिन्न धर्म सांस्कृतिक समुदायबीचको सुसम्बन्ध तथा शान्ति काम गर्दछ।
- फौजदारी कसूर निवारण र नियन्त्रण गर्दछ।
▪︎३ भाग र  ३०८ दफा
▪︎फौजदारी न्यायका सामान्य सिद्धान्तको व्यवस्था
▪︎ कसूरको गम्भीरता अनुसार सजायको प्रकार तोकिएको
▪︎नाबालकको उमेर हद १८वर्ष कायम
कैद हुने
▪︎सामुदायिक सेवादेखि आजीवन कैदसम्मको सजाय ▪︎आजीवन कैद हुने व्यवस्था (६ प्रकारका कासूरमा)
▪︎जन्मकैद गणना गर्दा २५ वर्ष गणना गरिने
▪︎ कैदको अनुपातमा जरिवाना हुने
 ▪︎जरिवाना नतिरेमा कैद हुने

सजाय हुने / नहुने
▪︎षड्‌यन्त्र, उद्योग, दुरुत्साहन गर्न तथा मतियारलाई सजाय ▪︎बालबालिकाबाट कसूर गराएमा उमेर पुगेकालाई सजाय हुने
▪︎ 6 प्रकारका सजायहरूको व्यवस्था
▪︎१० वर्ष नपुगेका बालबालिकालाई सजाय नगरिने

कसूर
▪︎कसूरलाई सामान्य, गम्भीर र जघन्य गरी तीन भागमा विभाजन
▪︎कसुरको परिभाषा तथा सजायका सम्बन्धमा स्पष्ट अर्थ
▪︎कसूरसँग सम्बन्धित साधन जफत

विवाह
 ▪︎ विवाह उमेर 20 वर्ष तोकेको
▪︎मञ्जुरी बिनाको हाडनाता, बाल र बहुविवाह बदर हुने

अपराध पीडित
▪︎अपराध पीडितले मुद्धाको काम कारबाहीको जानकारी पाउने हक
▪︎अपराध पीडितले क्षतिपुर्ति पुनः स्थापना सहितको न्याय पाउने व्यवस्था
अन्य
 ▪︎बर्हिक्षेत्रीय अधिकार क्षेत्रको व्यस्था
▪︎आत्महत्या दुरुत्साहन, म्याच फिक्सिङ, नोट सिक्का कोर्ने लगायत‌का नयाँ कसूरलाई सजायको दायरामा ल्याइएको ।
 मुलुकी अपराध संहित, २०७४ अनुसार जन्म कैद हुने कसूरहरू उल्लेख गर्नुहोस्
जन्म कैद हुने कसूरहरू

मुलुकी अपराध संहिता, २०७४ को दफा ४१ मा देहायको कुनै कसूर गर्ने व्यक्तिलाई जन्म कैद हुने व्यवस्था रहेको
छ :-
-क्रुर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको,
-  वायुयान अपहरण गरी वा वायुयान विष्फोट गरी ज्यान मारेको, 
-अपहरण गरी वा शरीरबन्धक लिई ज्यान मारेको,
-सार्वजनिक रुपमा उपभोग हुने पेय वा खाद्य पदार्थमा विष हाली ज्यान मारेको,
-कुनै जात, जाति वा सम्प्रदायको अस्तित्व नै विनाश गर्ने गरी जातिहत्या (जेनोसाइड) गरेको वा गर्ने उद्देश्यले कसूर गरेको 
-जवर्जस्ती करणी गरी ज्यान मारेको ।
निष्कर्ष:- फौजदारी अपराधमा निरुत्साहन गर्नको लागि जन्मकैदको व्यवस्था गरिएको हो।
मुलुकी अपराध संहिता, २०७४ अनुसार कसूरको गम्भीरता बढाउने र घटाउने अवस्थाहरू लेख्नुहोस् । १०
कसूरको गम्भीरता बढाउने अवस्थाहरू
मुलुकी अपराध संहिता, २०७४ को दफा ३८ मा देहायका अवस्थाहरू विद्यमान रहेमा कसूरको गम्भीरता बढाउने सम्बन्धी व्यवस्था गरेको छ :-
-राष्ट्रपति वा सरकार प्रमुख वा विदेशी राज्य प्रमुखको बिरुद्ध कसूर गरेको,
-राष्ट्रपति वा सरकार प्रमुख वा विदेशी राज्य प्रमुखको उपस्थितिमा कसूर गरेको,
• विश्वासको दुरुपयोग गरी कसूर गरेको,
-कुनै सार्वजनिक पदको लाभ उठाई या दुरुपयोग गरी कसूर गरेको,
-सार्वजनिक पद धारण गरेको व्यक्तिले आफ्नो पदीय कर्तव्य पालन गर्न लागेकोमा बाधा पुयाउने वा निजलाई कुनै गैरकानूनी काम गर्न लगाउने,
-नियतले कसूर गरेको, कुनै सरकारी कार्यालय, सार्वजनिक कार्यालय वा धार्मिक स्थलमा कसूर गरेको,
- पाँच वा पाँचभन्दा बढी व्यक्तिहरू समूहमा आवद्ध भई कसूर गरेको,
-सार्वजनिक शान्ति खलबलिएको, बाढी, पहिरो, भूकम्प वा त्यस्तै प्रकृतिको दैवी प्रकोप भएको महामारी फैलिएको, अनिकाल परेको वा त्यस्तै किसिमको अन्य कुनै सङ्कटको लाभ लिई कसूर गरेको, हातहतियार वा विपालु वा विष्फोटक पदार्थ साथमा लिई वा प्रयोग गरी वा विद्युत प्रवाह गरी वा विद्युतीय उपकरण प्रयोग गरी कसूर गरेको वा हातहतियार वा विषालु वा विष्फोटक पदार्थ लिएको मानिसको मद्दतबाट कसूर गरेको,
-एक पटक कैद सजाय पाएको कसूरदारले पुनः कसूर गरेको,
-कुनै पारितोषिक वा आश्वासन वा लाभ पाई वा लाभ पाउने प्रलोभनमा परी कसूर गरेको, आफनो संरक्षण वा नियन्त्रणमा रहेको व्यक्ति वा जिम्मामा रहेको सम्पत्तिको विरुद्ध कसूर गरेको,
-कसैलाई यातना दिई वा क्रूर अमानवीय वा अपमानजन्य व्यवहार गरी कसूर गरेको,
-एकै वारदातमा एकभन्दा बढी कसूर गरेको,
-एकै वारदातमा एकभन्दा बढी व्यक्तिका बिरुद्ध कसूर गरेको,
-कसैलाई अपहरण गरी वा शरीर बन्धक लिई कसूर गरेको,
-थुना, हिरासत, कैद वा नियन्त्रणमा रहेको व्यक्ति विरुद्ध कसूर गरेको, कुनै व्यक्तिको सुरक्षाको कर्तव्य भएका व्यक्तिले आफूले सुरक्षा गर्नु पर्ने व्यक्तिको विरुद्ध कसूर गरेको,
-कुनै जात, जाति वा सम्प्रदायको अस्तित्व नै विनाश गर्ने गरी जातिहत्या (जेनोसाइड) को उद्देश्यले गरेको,
-कुनै जात, जाति, धार्मिक वा सांस्कृतिक समुदाय विरुद्ध घृणा उत्पन्न गर्ने उद्देश्यले कसूर गरेको,
-मानवता विरुद्धको कसूर गरेको,
-नियोजित वा सङ्गठित रूपमा कसूर गरेको,
-पचहत्तर वर्षमाथिको वृद्धावस्था वा शारीरिक वा मानसिक अस्वस्थताले गर्दा कसूर
-होस ठेगानमा नरहेको वा अपाङ्गताको कारणले आफ्नो बचाउ गर्न सक्ने स्थितिमा नभएको व्यक्ति वा वालवालिकाको विरुद्ध कसूर गरेको,
-सवारी वा विमान दुर्घटना वा प्राकृतिक प्रकोप पर्दा उद्वार गर्ने काममा खटिंदा कसूर गरेको,
-एकपटक कुनै कसूरबाट पीडित भैसकेको व्यक्तिका विरुद्ध सोही कसूरदारले अर्को कसूर गरेको ।
कसूरको गम्भीरता घटाउने अवस्था
मुलुकी अपराध संहिता, २०७४ को दफा ३९ मा देहायका अवस्थाहरू विद्यमान रहेमा कसूरको गम्भीरता बढाउने सम्बन्धी व्यवस्था गरेको छ :-
-कसूरदारको उमेर अठार वर्षभन्दा कम वा पचहत्तर वर्षभन्दा माथि भएको,
-कसूरदारको कसूर गर्ने नियत नभएको,
-जुन व्यक्तिको विरुद्ध कसूर भएको छ त्यस्तो व्यक्तिले कसूरदारलाई कसूर,
-हुनुभन्दा तत्कालअघि उत्तेजित गरेको वा धम्की दिएको,
-कसूरदार वा निजको कुनै नजिकको नातेदारका विरुद्ध गरिएको कुनै गम्भीर,
-कसूरको प्रतिकारको रुपमा तत्कालै कसूर भएको,
-कसूरदारले स्वेच्छाले कसूर स्वीकार गरेको वा त्यस्तो कसूर गरे वापत पश्चाताप गरेको,
-कसुरदारले सम्बन्धित अधिकारी समक्ष आत्मसर्मपण गरेकी,
-कसूरदारले आफूले गरेको कसूर स्वीकार गरी पीडितलाई क्षतिपूर्ति दिइसकेको वा दिन मञ्जुर गरेको,
-शारीरिक, मानसिक तथा अपांगताको कारणले गर्दा कसूरदारको क्षमता हास भएको,
-पीडित पक्ष र समाजलाई हुन गएको हानि नोक्सानीको मात्रा उल्लेखनीय नदेखिएको,
-अदालतमा सांचो कुरा व्यक्त गरी न्यायिक प्रकृयामा सहयोग पुयाएको,
-कसूर स्वीकार गरी भविष्यमा फौजदारी कसूर नगर्ने प्रतिवद्धता व्यक्त गरेको,
-कसैको बहकाउ वा दबाबमा अपराध गरेको,
निष्कर्ष:- कसूरको गम्भिरता बढाउने सम्बन्धमा गरिएका व्यवस्थाले राज्य व्यवस्थालाई अपराधाको घेराबाट मुक्त गर्न महत्वपूर्ण भूमिका रहन्छ । त्यस्तै कसूरको गम्भिरता घटाउने प्रावधानले प्रभावमा परी वा अन्जानमा भएका गल्तीका सम्बन्धमा सजायमा छुट पाउने प्रावधानलाई समेटेको छ ।

Post a Comment

0 Comments