header ads

निजामती कर्मचारी हाल दिईने सुविधा
_________________________
⏩️निजामती कर्मचारीले निजामती सेवामा श्रम,सीप र समयको लगानी गरे बापत सरकारले उपलब्ध गराउने क्षतिपूर्ति न‌ै कर्मचारीको सुविधा हो । यस्तो सेवा सुविधा मौद्रिक र गैर मौद्रिक हुने गर्दछ। मौद्रिक सेवा सुविधा मुद्रासँग सम्बन्धित छ भने गैर मौद्रिक सेवा सुविधा मुद्रा वाहेक अरु सेवा सुविधासँग सम्बन्धित छ । नेपाल को निजामती सेवामा हाल कर्मचारीहरुलाई निजामती सेवा एेन २०४९ र निजामती सेवा नियमावली २०५० अनुसार निम्न सुविधा प्रदान गरिदै अाएको छ :
मौद्रिक सेवा सुविधा 
~मासिक रुपमा तलब भत्ताको व्यवस्था 
~एक बर्ष सेवा गरेपछि तलब बृद्धिको व्यवस्था(ग्रेड व्यवस्था )
~तलबी विदाको व्यवस्था 
~सेवाबाट अवकाश हुँदा उपदान वा निवृतिभरणको व्यवस्था 
~मुटु मृगौला र क्यान्सर रोग लागेमा बढिमा रु ५ लाख सम्म थप अार्थिक सहायताको व्यवस्था 
~एकलाख रुपैयाँको जीवन विमाको व्यवस्था 
~प्रत्येक बर्ष एक एक महिना बराबरको रकम चाडपर्व खर्च पाउने व्यवस्था 
~निवृत्तिभरण पाउने अवकाश प्राप्त कर्मचारीले एक महिनाको निवृत्तिभरण रकम चार्डपर्व खर्च पाउने व्यवस्था 
~तलबको दस प्रतिशत रकम कट्टा गरि उक्त रकमको शतप्रतिशत थप गरि कर्मचारी सँञ्चय कोषमा जम्मा हुने व्यवस्था 
~राजपत्रांकित कर्मचारीका लागि 12 महिनाको तलब र राजपत्र अनकित प्रथम श्रेणीका लागि 18 महिनाको तलब र अन्य रा.प अनकित र श्रेणीविहीन कर्मचारीका लागि 21 महिनाको तलब उपचार खर्च स्वरूप प्रदान गरिने व्यवस्था 
 ~बहालवाला कर्मचारीको तलब वृद्धि हुदा वृद्धि तलबको दुई तिहाई रकम निवृत्तिभरणमा वृद्धि हुने व्यवस्था 
~पारिवारिक निवृत्तिभरण र उपदानको व्यवस्था 
~सेवाम‌ा रहदा मृत्यु भएमा परिवारलाई एक लाख पचास हजार बराबरको विशेष अार्थिक सहायता 
~बढीमा २ वटा बच्चाका लागि जनही पाँच हजार शिशु स्याहार भत्ताको व्यवस्था 
~निजामती सेवा दिवसको अवसरमा नगद पुरस्कार दिईने व्यवस्था 
~पोशाक भत्ताको व्यवस्था 
~शैक्षिक वृत्ति,सन्तति वृत्ति, अशक्त वृत्तिको व्यवस्था 

⏩️गौर मौद्रिक सेवा सुविधा 
~सामान्यतया प्रत्येक 2 बर्षमा सरुवा हुने व्यवस्था ,सरुवा गर्दा दुर्गममा बस्नेलाई सुगममा र सुगममा बस्नेलाई दुर्गममा सरुवा गरि न्यायोचित सरुवा प्रणालीमा जोड
~श्रीमान श्रीमती दुबै निजामती सेवामा भए मिलेसम्म एउटै जिल्लामा सरुवाको व्यवस्था 
~राजपत्र अनङकित कर्मचारी हरुलाई भरसक घरपायक सरुवाको व्यवस्था 
~विभिन्न प्रकारको विदाको व्यवस्था 
~विदेश स्थित दुतावास वा नियोगमा कार्यरत कर्मचारीको पति वा पत्नीका लागि बढिमा 5 बर्षसम्म वेतलवी विदाको व्यवस्था 
~कर्मचारीको पेशागत हक अधिकारको सुनिश्चितता को लागि ट्रेड युनियन गठन गरि सङगठित हुने अधिकारको व्यवस्था 
~निजामती कर्मचारीलाई विभागीय सजाय गर्दा लोक सेवा अायोगसँग परामर्श लिनुपर्ने व्यवस्था 

⏩️अाकर्षक निजामती सेवाका थप सुझाव
 ~तलबलाई समसामयिक बनाई Basic pay र Pay for performance मा व्ववस्थित गर्ने
~Pay For performance लाई सुचक बनाई सबै कार्यलयमा लागू गर्ने 
~दुर्गम जिल्लामा काम गर्ने कर्मचारीका लागि विशेष सेवा सुविधा व्यवस्था गर्ने 
~पोशाक भत्तामा समसामयिक सुधार गर्दै लैजाने 
~कर्मचारीका लागि एकीकृत अावाश गृहको निर्माण गर्ने
~स्वाचालित सरुवा प्रणाली लागू गरि सरुवा र बढुवा प्रणालीलाई पारदर्शी विश्वशिलो र अनुमानयोग्य बनाउने 
~निजामती सेवा रिक्त पद पुर्ति गर्ने प्रक्रिया छिटो छरितो बनाई कम्तिमा बर्षमा दुईपटक लोक सेवा अायोगको परीक्षा सँचालन गर्ने 
~काम गर्ने वातावरण सुधार गरि हस्तक्षेप मुक्त बनाउने 
~निजामती सेवा भित्र रहेका खराब कर्मचारी पहिचान गरि दण्ड सजायको व्यवस्था गर्ने 
~निजामती सेवा एेन समयसापेक्ष सुधार गरि समग्र निजामती सेवालाई अाधुनिक बनाई सेवाग्राही मैत्री बनाउने 

अन्त्यमा निजामती कर्मचारी मुलुकको अार्थिक सामाजिक रुपान्तरण गर्ने सवाहक हो । त्यसैले यो सबल सक्षम र उत्प्रेरित हुन जरुरी हुन्छ । यसका लागि मौद्रिक तथा गौरमौद्रिक सेवा सुविधा समयसापेक्ष सुधार र परिमार्जन गर्दै लैजानु पर्छ । भर्ना प्रक्रियालाई सुधार गरि सक्षम र प्रतिभावान व्याक्तिलाई मात्रै छनोट गर्नुपर्छ । कर्मचारी को कुसल र नियमित परिचालन गर्नुपर्छ तबमात्र व्यवहारिक कार्य सम्पादन हुन सक्छ । अत सक्षम निजामती सेवाले मात्रै देशको मुहार फेर्न सक्छ भन्ने कुरामा दुई मत नहोला ।

प्रतिभा गौतम
शाखा अधिकृत नेपाल सरकार 
भन्सार विभाग

Post a Comment

0 Comments