header ads

मुलुकी फौजदारी कार्यविधि संहिता

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को विशेषता

■फौजदारी मुद्दाको अनुसन्धान, अभियोजन, दायरा, कारबाही सुनुवाई र किनारा तथा सोसँग सम्बन्धित अन्य कार्यविधि त्यस्ता मुद्दामा भएको फैसला कार्यान्वयन गर्न लागू गरिएको
■ १६ परिच्छेद १९८ दफा २२८ अनुसूची
सूचना
■मौखिक वा विद्युतीय माध्यमबाट समेत कासूरको सूचना सम्बन्धित निकायमा दिन सकिने
पक्राउ
■पक्राउ पुर्जी जारी गर्नु पूर्व मुद्दा हेर्ने अधिकारीबाट अनुमति लिनुपर्ने 
■जरूरी पक्राउपुर्जी जारी गरी पक्राउ गर्न सकिने
■अन्य व्यक्तिले पक्राउ गर्न सकिने
अनुसन्धान
■प्रहरी महानिरीक्षकले विशेषज्ञ सहित कुनै अनुसन्धान टोली गठन 
■अनुसन्धान टोलीमार्फत अनुसन्धान गर्न सकिने
■अनुसन्धानका लागि आरोपीहरुलाई ४० दिन भन्दा बढी हिरासतमा राख्न नपाइने
■नेपाल बाहिर अनुसन्धान गर्न सकिने
अपराध स्वीकारे वापत
■अपराध स्वीकार गरे वा अनुसन्धानमा सहयोग गर्नेलाई
लाई सजायमा छुट माग गर्न सकिने, साबितमा २५% र सहयोग गर्नलाई ५०% सम्म छुट माग गर्न सकिने व्यवस्था,
अभियोगपत्र
■अभियोगपत्रमा खुलाउनु पर्ने विवरणहरू उल्लेख गरिएको
■अभियोग पत्रमा संशोधन गर्न सकिने व्यवस्था
 अभियुक्त
■विदेशमा रहेका अभियुक्तलाई पक्राउ गर्न सकिने
■ फरार अभियुक्तको अधिकार र सुविधा कटौती ■अभियुक्तलाई थुनामा राखिने
साक्षी
■भेडियो करफरेन्सबाट बयान / सोधपुछ /साक्षीको बयान लिन सक्ने
■पीडित वा साक्षीको परिचय गोप्य राख्न सकिने
■साक्षीलाई सुविधा र सुरक्षा
फैसला
फैसला भएको एक महिनाभित्र फैसला लेखिसक्नु पर्ने
मुद्दा दायर नगरिने
■सानातिना कसूरमा मुद्दा दायर नगरिने
फौजदारी कानून भनेको के हो? यसको आवश्यकता उल्लेख गर्नुहोस्
- अपराध ,अपराधी ,दण्ड सजाय सम्बन्धी अध्ययन गर्ने तथा कारबाही गर्ने कानुन फौजदारी कानून हो ।
- यसले चौरी, डाका, ठगी, करणी, राजद्रोही जस्ता विषयहरुलाई व्यवस्थित गर्दछ।
- फौजदारी कानुनलाई अपराधिक मुल कानुन र अपराधिक प्रक्रियात्मक विधि गरी दुई भागमा अध्ययन गर्न सकिन्छ।
- अपराधिक मूल कानुनले कुन कार्य अपराध हो र कुन अपराध गरे कस्तो साजाय हुने, कति सजाय हुने कुरा निर्धारण गर्दछ।
- अपराधिक प्रक्रियात्मकले कुन अपराध गरे कस्तो प्रक्रिया र कसरी अघि बढ्ने , अदालती प्रक्रियासँग सम्बन्धित कुरा निर्धारण गर्दछ।
आवश्यकता
- मुलुकमा कानुन तथा न्याय व्यवस्था कायम गर्न
- अपराधीलाई आवश्यकतानुसार दण्डसजाय प्रदान गर्न
- समाजमा शान्ति तथा सुव्यवस्था कायम गर्न
- राष्ट्रिय हित विपरीतको कार्य रोक्न
- सर्बसाधारणसहित र सम्पत्तिको रक्षा गर्न
- अपराधको नियन्त्रण गर्न आदि।

Post a Comment

0 Comments