header ads

अदालत

प्रश्न नं. १) अदालत भनेको के हो ? यसका कार्यहरू लेख्नुहोस् ।

"न्यायपालिकीय संरचना र प्रणालीः अदालत"
अदालत

●मुद्दाको स्वच्छ सुनुवाई गरी न्याय प्रदान गर्ने स्वतन्त्र न्यायिक निकायलाई अदालत भनिन्छ।
●यस निकायले कानूनी हक, अधिकारको प्रचलन गराउँछ ।
●संविधान, कानून र न्यायका मान्य सिद्धान्तको अबलम्बन गर्दछ ।
●यसले मुद्दाको रोहमा निष्पक्ष सुनुवाई गरी फैसला गर्नुका साथै फैसलाको कार्यान्वयन समेत गर्दछ। 
●संविधान विपरितका कार्यहरू न्यायिक पुनरावलोकनको माध्यमबाट बदर गर्ने सार्मथ्य अदालतले राख्दछ। 
●मानव अधिकार, मौलिक हक र नागरिक स्वतन्त्रताको संरक्षण गर्ने जिम्मेवारी समेत अदालतको हो ।
● न्यायिक स्वतन्त्रता, सक्षमता र निष्पक्षताको सिद्धान्तमा आधारित भई संविधान र कानूनको वस्तुनिष्ठ व्याख्या एवम् न्यायिक सिद्धान्तको प्रतिपादन न्यायपालिकाले गर्दछ ।
अदालतका कार्यहरू

●साधारण र असाधारण क्षेत्रधिकारको प्रयोग गर्दै कार्य गर्ने 
●न्यायसम्बन्धी अधिकारको प्रयोग गर्ने ।
●स्वतन्त्र न्यायपालिकासम्बन्धी अवधारणा र मूल्य,
        मान्यतालाई अनुशरण गर्ने ।
●संविधान र कानूनको व्याख्या गर्ने ।
●न्याय सम्पादन गर्ने ।
●न्याय प्रशासन संचालन गर्ने ।
●न्यायिक सिद्धान्त एवम् नजिरको प्रतिपादन गर्ने ।

निष्कर्ष:-न्यायीक अधिकारको प्रयोग गरी अन्यायमा परेकालाई न्याय प्रदान गर्नु अदालतको मुख्य धर्म र कर्म हो।

Post a Comment

0 Comments