header ads

मुलुकी देवानी संहिता २०७४ को सामान्य सिद्धान्त

# मुलुकी देवानी संहिता २०७४ को परिच्छेद २ को दफा ४-१६ सम्म (सामान्य सिद्धान्त) 
●कानून [विपरीतको काम अमान्य हुने 
           को अज्ञानता क्षम्य नहुने
            विपरीतका प्रथा वा परम्परालाई मान्यता नदिइने
●सार्वजनिक हित विपरीत हुने गरी काम गर्न नपाउने 
●हित विपरीतको काम अमान्य हुने, 
●गल्ती [ को फाइदा लिन नपाउने 
            गर्नेले क्षति व्यहोर्नु पर्ने
●अरुलाई दुःख दिने गरी काम गर्न नहुने
●असल छिमेकीपन कायम गर्नुपर्ने 
●व्यक्तित्वलाई स्वीकार गर्नुपर्ने 
●देवानी दायित्वबाट छुटकारा नपाउने
●विदेशीको हकमा पनि लागू हुने ।

 मुलुकी देवानी संहिता 2074 को  विशेषता
■ मुलुकको सबभन्दा लामो ऐन ( ६ भाग ५२परिच्छेद ७२१ दफा)
■ देवानी कानुनका सामान्य सिद्धान्तहरु उल्लेख
■ नागरिक अधिकार सम्बन्धी व्यवस्था
■ नागरिक अधिकार उल्लंघनमा अदालतबाट कानुनी उपचारको व्यवस्था
■ प्राकृतिक व्यक्ति र कानूनी व्यक्ति सम्बन्धी व्यवस्था

शरीर
■कानूनको अधिनमा रहि व्यक्तिले शरीरको परीक्षण, उपचार, अङ परिवर्तन
■ आफ्नो दह संस्कारको विधि आफै निर्धारण गर्न सक्ने
■मृत्युपछि आफ्नो शब, शरीरको कुनै अड. दान गर्न सक्ने
विवाह
■विवाहको लागि पुरुष र महिलाको उमेर 20 वर्ष हुनुपर्ने, ■विवाहपछि विवाहित महिलाले बाबु वा आमाले प्रयोग गरेको थर वा पतिको थर वा दुवै थर प्रयोग गर्न सक्ने
■पति र पत्नीबीच आपसी सहमतीमा घरव्यवहार चलाउनु ■विवाह र सम्बन्ध विच्छेद सम्बन्धी व्यवस्था 
■पति र पत्नी दु‌वैले सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्था
जन्म
■कृत्रिम गर्भाधान प्रणालीद्वारा जन्मिएको शिशु विवाहित पतिबाट जन्मिएको मानिने व्यवस्था
■गर्भको शिशुलाई समेत अंश छुट्‌याउन सक्ने व्यवस्था
■ छोरा छोरीको जन्म दर्ता गर्नुपर्ने
अन्य
■घरबहाल दिदाँ सम्झौता गर्नुपर्ने व्यवस्था
■ दान बकस सम्बन्धी व्यवस्था
■ज्याला मजदुरी सम्बन्धी व्यवस्था
■आमा, बाबु तथा छोरा, छोराको सम्बन्ध सम्बन्धी व्यवस्था
■ धर्मपुत्र वा धर्मपुत्री सम्बन्धी व्यवस्था
■अन्तरदेशीय धर्मपुत्र वा धर्मपुत्री सम्बन्धी व्यवस्था
■निजी अन्तर्राष्ट्रिय कानून सम्बन्धी व्यवस्था
देवानी मुद्धा भनेको के हो ? देवानी मुद्धा मानिने विषय सूची तयार गर्नुहोस ।
देवानी मुद्रा
- कानूनी हक, हैसियत, पद, पारिवारिक सम्बन्ध, सम्पत्ति सम्बन्धी मुद्दालाई देवानी मुद्दा भनिन्छ ।
→ यस अन्तर्गत हक दावि तथा क्षतिपूर्ति र सुविधा सम्बन्धी
मुद्धा पर्दछन् ।
देवानी मुद्दा मानिने विषयहरू
● कानून बमोजिम फौजदारी मुद्दाको रूपमा परिभाषित गरिए बाहेकका कानूनी हक, दायित्व, हैसियत, पद,
पारिवारिक सम्बन्ध वा सम्पत्ति सम्बन्धी मुद्दा
→ नाता कायम वा सम्बन्ध विच्छेद
→ दस्तुर, पारिश्रमिक, तलब, भत्ता वा ज्याला
→ आमा, बाबु तथा छोरा, छोरी सम्बन्धी 
→ धमपुत्र वा धर्मपुत्री सम्बन्धी
→ सम्पत्तिको उपभोग
→ अन्तरदेशीय धर्मपुत्र वा धर्मपुत्री सम्बन्धी
→ घर बहाल दान बकस
→ अचल सम्पत्तिको बन्धकी, हकसफा
→ लिखित पारित
→ देवानी प्रकृतिको अन्य कुनै विषय आदि।

# संहिता‌को अर्थ बताउदै यसको महत्व उल्लेखगर्नुहोस् 
संहिताको अर्थ
 'कानूनको लिपिबद्ध व्यवस्थापन: संहिता'
-समान प्रकृतिका ऐन, कानूनहरूको एउटै संगालो नै संहिता हो। 
-यसले समान प्रकृतिका कानूनी प्रावधान र प्रक्रियालाई सरलिकृत र व्यवस्थित बनाउने गर्दछ ।
-यसको आवधारणाको विकास फ्रान्सको नागरिक कानून
प्रणालीबाट भएको हो ।
-नेपालमा वि.लि. १९९० सालबाट व्यवस्थित रूपमा सुरू भएको हो ।
-सामान्य कानूनहरू मुलुकभरि सबै व्यक्तिका लागि एकै किसिमले लागू हुने भएकोले संहिताको रूपमा एकिकृत गरिन्छ ।
संहिताको महत्व
-छरिएर रहेका कानूनहरुलाई व्यवस्थित, एकीकृत तथा लिपिबद्ध गर्न
- कानूनहरूको कार्यान्वयनमा सहजता, समन्वय र एकरुपता कायम गर्न
- समय सापेक्ष कानूनी सुधार गरी नागरिकको आकांक्षा र राष्ट्रको आवश्यकता सम्बोधन गर्न.
-सनातन प्रचलनमा आउने कानूनको अलग पहिचान कायम गरी आम नागरिकमा सार्वजनिकरण गर्न ।
-शासकीय, राजनैतिक तथा सामाजिक क्षेत्रमा भएका परिवर्तन र उपलब्धिहरूलाई विधि शास्त्रमा संस्थागत गर्न

Post a Comment

0 Comments