header ads

#जाहेरी दरखास्त:परिचय र महत्व
जाहेरी दरखास्त ( First information Report):फौजदारी मुद्दामा कुनै वारदात वा घटनाको बारेमा थाहा पालसम्मको विवरण खुलाई प्रहरी कार्यालयमा दिईने पहिलो सूचनालाई नै जाहेरी दरखास्त भनिन्छ।
•सरकारवादी फौजदारी मुद्दाको प्रथम। सूचनालाई नै जाहेरी दरखास्त भनिन्छ। 
•मुलुकी फौजदारी कार्यविधि (संहिता)ऐन, २०७४को अनुसूची-१मा उल्लेखित कुनै कसुर भएको,भइरहेको वा हुन् लागेको छ भन्ने,कुरा थाहा पाउने व्यक्तिले त्यस्ता कसुरको सम्बन्धमा आफूसँग भएको वा आफूले देखे जानेसम्मको सबुद प्रमाण खुलाई त्यस्तो कुराको लिखित वा मौखिक सूचना वा विद्युतीय माध्यमको सूचना अनुसूची ५वमोजिमको ढाँचामा नजिकको प्रहरी कार्यालयमा दिइने प्रथम सूचनालाई जाहेरी दरखास्त भनिन्छ। जाहेरी दरखास्त अपराध अनुसन्धानको मेरुदण्ड हो।
●जाहेरी दरखास्तको महत्व:
•प्रारम्भिक अनुसन्धानको सुरुवात,
•घटनास्थलको सुरक्षा गर्न,
•सबुतको सङ्कलन र संरक्षण गर्न,
•अपराधिक कार्यविधि पत्ता लगाउन,
•अभियुक्तलाई पक्राउ गर्न,
•घटनाको विस्तृत जानकारी प्राप्त गर्न,
सफल अनुसन्धान गर्न।
●जाहेरी दरखास्त दिन सक्ने व्यक्ति:
•पीडित व्यक्तिबाट,
•अपराध बारे थाहा पाउने जोसुकै सर्वसाधारणबाट,
•प्रहरी प्रतिवेदनबाट,
•सकभर पीडित पक्षबाट जाहेरी दरखास्त लिएमा विशेष प्रभावकारी मानिन्छ।
TO BE CONTINUE ...

Post a Comment

0 Comments