header ads

गण्डकी प्रदेश लोक सेवा आयोगले सहायक पाचौं पदलाई मिति २०८० फाल्गुन ०७ गते सोधेको GK प्रश्न र तिनको उत्तर..

१) अन्नपूर्ण पदमार्गको सबैभन्दा अग्लो स्थान थोरङ्लापासको उचाई कति मिटर रहेको छ ?
५४१६ मिटर
२) नेपालका राष्ट्रिय निकुञ्ज र निकुञ्ज स्थापनासग सम्बन्धित सूचना राजपत्रमा प्रकाशित भएको आधारमा निकुञ्जहरुको सहि जोडा क्रम... ?
बर्दिया राष्ट्रिय निकुञ्ज - वि.स. २०४१ भदौ ११ गते
से-फोक्सेण्डो राष्ट्रिय निकुञ्ज - वि. स. २०४१ साउन ०२ गते सगरमाथा राष्ट्रिय निकुञ्ज - वि.स. २०३३ साउन ४ गते लाङटाङ राष्ट्रिय निकुञ्ज - वि.स. २०३२ चैत ०९ गते
३) सहि जोडा क्रम... ?म नै राज्य हुँ - लुई चौधौं
भ्रष्ट चर्चलाई नष्ट गरिदेउ - भोल्टेयर
मानिस स्वतन्त्र जन्मिन्छ तर सर्वत्र साङ्लोले बाधिन्छ - रुसो यदि रुसो नभएको भए फ्रान्सको राज्यक्रान्ती नै हुने थिएन नेपोनियन बोनापार्ट

४) लिच्छविकालमा अनुसन्धान अधिकृतलाई के पदनामले चिनिन्छ ?
चरिदार
५) सहि जोडा क्रम....?
परचक्रकाम - जयदेव द्वितीय 
परमभट्टारक - नरेन्द्रदेव
 पशुपतिपादानुगृहित - अंशुवर्मा 
लिच्छविकुलकेतु - शिवदेव प्रथम
६) नेपालको मोचो बोको गुम्बा कुन जिल्लामा रहेको छ ?
 मनाङ
७) थकाली समुदायको सबैभन्दा ठुलो चाड कुन हो ? तोरनल्ह पर्व
८) प्रार्थना र मन्त्रहरु उल्लेख गरेर बाटो छेउमा पर्खाल जस्तो बनाइएका मठहरुलाई तामाङ्हरु के भन्दछन ?
माने
९) सहि जोडा क्रम.....? 
तोरनल्ह - थकाली
होटे पर्व - गुरुङ
पेन्दिया – थारु
देवाली - हायु
१०) वि.स. २०८० को नवौं उद्योग दिवसको नारा के रहेको थियो ? 
"स्वदेशी उत्पादन अभियान : उद्यमीको समान"
११) सार्वजनिक संस्थानको वार्षिक स्थिति समिक्षा २०८० अनुसार आर्थिक वर्ष २०७८/०७९ मा धेरै नाफा आर्जन गर्ने सार्वजनिक संस्थानहरुको सहि क्रम...?
नेपाल विद्युत प्राधिकरण, नेपाल दुरसन्चार कम्पनी लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, नागरिक लगानी कोष
१२) सहि जोडा क्रम..??
Father of electricity - माइकल फराडे 
Father of Ayurved - धनवन्तरी 
Father of microbiology - लुई पाश्चर 
Father of science युक्लिड (प्रश्न अनुसार)

१३) डिजिटल मेमोरीका इकाईहरुको बढ्दो क्रम... ? Megabyte, Gigabyte, Terabyte, Petabyte
१४) रिकेट्स रोग कुन भिटामिनको कमिले लाग्दछ ? भिटामिन डि
१५) भनाइ (A) :- वायुमण्डलको समतापीय क्षेत्रलाई ओजन तह भनिन्छ ।
कारण (R) :- धेरै ओजन समतापीय क्षेत्रमा पाईन्छ ।
भनाइ (A) र कारण (R) दुवै ठिक छन् । कारण (R) भनाइ (A) को ठिक व्याख्या हो ।
१६) वातावरण संरक्षण ऐन २०७६ बमोजिम गठित " वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को अध्यक्ष को रहने व्यवस्था छ ?
प्रधानमन्त्री
१७) नेपालमा पाइने एक सिंगे गैडाको वैज्ञानिक नाम के हो ? 
Rhinoceros unicornis
१८) युरोपेली संघका सम्बन्धमा तलका भनाइहरु विचार गर्नुहोस्: (क) फ्रान्स, जर्मनी र इटालीलाई युरोपेली संघका ठुला संस्थापक सदस्य भनेर चिनिन्छ ।
(ख) संयुक्त अधिराज्य 31 जनवरी 2020 मा युरोपेली संघ बाट बाहिरिएको थियो ।
दुवै ठिक
१९) आसियानको एकमात्र भुपरबेष्ठित राष्ट्र कुन हो ? लाओस
२०) निम्नलिखित कथनहरुमध्ये कुन ठिक होईन छान्नुहोस..?
 (क) सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबल २३ औं संस्करणको हो ।
(ख) चीनमा सम्पन्न भएको १८ औं एसियन गेममा नेपालले १ रजत र १ कास्य पदक जितेको थियो ।
(ग) १३ औं संस्करणको एकदिवसीय विश्वकप क्रीकेट प्रतियोगिता भारत एक्लैले आयोजना गरेको थियो ।
(घ) सावित्रा भण्डारी नेपालको व्यावसायिक फुटबल खेलाडी हुन ! 
चीनमा सम्पन्न १८ औं एसियन गेममा नेपालले एक रजत पदक मात्र जितेको थियो ।
२१) The voice of nepal season 5 का विजेता को हुन् ? 
विनोद राई
२२) वि.स. २०८० पौष १० देखि १४ सम्म चितवनमा संचालित हात्ती महोत्सवमा भएको हात्ती सौन्दर्य प्रतियोगिताको उपाधी कसले प्राप्त गरेको थिए ?
सेल्फिकली
२३) मै छोरी सुन्दरी गीतको गायक को हुन् ?
भारती उपाध्याय
२४) जाजरकोट केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भुकम्प कहिले गएको थियो ?
वि.स. २०८० कार्तिक १७
२५) सहि जोडा क्रम... ?
कतार - पहिलोपटक श्रम सम्झौता भएको मुलुक
मलेसिया - नेपालीलाई फ्री भिसा फ्री टिकट लागु गर्ने मुलुक
 मौरिसस - विप्पा सम्झौता भएको मुलुक
चीन - महावाणिज्य दूतावास भएको मुलुक
२६) रूपीनाला हिमरेखा कुन जिल्लामा पर्दछ ? 
गोरखा
२७) एसियाको दोहोरो भुपरबेष्ठित राष्ट्र कुन हो ? उज्वेकिस्तान
२८) तलका कथन विचार गर्नुहोस् ।
(क) नेपालमा ८ हजार मिटर माथिका ८ वटा हिमाल छन् । (ख) मनास्लु हिमाल गोरखा जिल्लामा पर्दछ ।
दुवै ठिक
२९) सहि जोडा क्रम....?
एसिया- मेकङ्ग
उत्तर अमेरिका - रकि पर्वतमाला
दक्षिण अमेरिका - अमेजन
युरोप - आल्पस पर्वत
३०) तलको कुन कुन भनाइ ठिक छ ?
(क) पृथ्वीको वायुमण्डलमा ७८% नाइट्रोजन छ ।
(ख) बुध पृथ्वीको सबैभन्दा नजिकको ग्रह हो ।
(ग) पृथ्वीलाई एक राशी बाट अर्को राशीमा पुग्न १ महिना लाग्छ । 
क र ग सहि ख गलत (नजिकको ग्रह शुक्र हो)

Post a Comment

0 Comments