header ads

मा.वि. लाई सोधिएको प्रश्न समाधान (२०८०)

१) गुराँस हिम शृङ्खला अन्तर्गत पर्ने हिमाल कुन हो ? (गणेश, चामर, अपि, तिलिचो)
अपि हिमाल
२) स्टारलिङ्क (Starlink) केसग सम्बन्धित छ ? स्याटेलाइट ईन्टरनेट
३) संखुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाको उत्पादन क्षमता कति रहेको छ ?
९०० मेगावाट 
४) सयुक्त राष्ट्र संघको वडापत्र कहिलेदेखि कार्यान्वयनमा आएको हो ?
सन् १९४५ अक्टोबर २४
५) सौर्यमण्डलको सबैभन्दा ठुलो उपग्रह कुन हो ? गेनिमेड
६) कुन राष्ट्रिय गौरवको आयोजना होईन ? 
(क) भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना 
(ख) काठमाडौ-मधेस द्रुत मार्ग
(ग) राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम
(घ) मद्यपहाडी लोकमार्ग
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम

७) नेपालको प्रामाणिक समय कुन हो ?
 UTC+5:45
८) मध्यपहाडी (पुष्पलाल) लोक मार्गले तलकामध्ये कुन जिल्ला छुदैन ? (बैतडी, अछाम, स्याङ्जा, नुवाकोट)
स्याङ्जा
९) तलकामध्ये कुन चाहिँ सयुक्त राष्ट्र संघको विशिष्टिकृत संस्थामा त्रिपक्षीयतामा आधारित संयन्त्र रहन्छ ?
(FAO, ILO, WTO, UNESCO) 
अन्तर्राष्ट्रिय श्रम संगठन (ILO)
१०) नेपालले तलकामध्ये कुन देश सग बिप्पा सम्झौता गरेको छैन ? (चीन, जर्मनी, भारत, बेलायत)
चीन
११) तलकामध्ये अरुभन्दा फरक जीव कुन हो ?
( कुखुरा, भ्यागुता, हाँस, गोहि)
कुखुरा (अरु पानी र जमिनमा दुवैमा बस्ने)
(अर्को logic अनुसार गोही हुन्छ गोहीले बच्चा जन्माउदछ भने अरुले अन्डा पार्दछन)

१२) तलकामध्ये कुन महादेशमा भुपरबेष्ठित राष्ट्र छैनन ? (युरोप, अफ्रीका, दक्षिण अमेरिका, उत्तर अमेरिका)
 उत्तर अमेरिका
१३) वंशावली अनुसार कुन किराँती राजाको पालामा गौतम बुद्ध काठमाडौ आएका थिए ?
जितेदास्ती
१४) कुन समुन्द्रले तिनवटा महादेशलाई छोएको छ ?
मेडिटेरियन सागर
१५) सराँय नाच कुन विषयसग सम्बन्धित रहेको छ ? युद्ध अभ्यास
१६) तलकामध्ये कुनचाहिँ संरक्षित क्षेत्र वन्यजन्तु आरक्ष भित्र पर्दछ ?
कोशीटप्पु वन्यजन्तु आरक्ष
१७) राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या वृद्धिदर कति रहेको छ ?
०.९२%
१८) नेपाल सरकार र माओवादी बीच विस्तृत शान्ति सम्झौतामा कहिले हस्ताक्षर भएको थियो ?
वि.स. २०६३ मंसिर ०५
१९) "कुनैपनी व्यक्तिलाई पक्राउ भएको कारण सहितको सूचना नदिई थुनामा राखिने छैन" यो नेपालको सविधानको कुन मौलिक हक अन्तर्गत पर्दछ ?
न्याय सम्बन्धि हक
२१) पारिस्थितिक पद्धति (इकोसिस्टम) का सम्बन्धमा तलकामध्ये कुन भनाई सहि होईन ?
(क) जैविक र अजैविक तत्वहरु मिलेर पारिस्थितिक पद्धति निर्माण हुन्छ ।
(ख) जैविक तत्वमा उत्पादक, उपभोक्ता र बिच्छेदक पर्दछन । (ग) घाम, पानी, हावा र माटो अजैविक तत्व हुन 
(घ) हरिया वनस्पतिहरु उपभोक्ता हुन ।
हरिया वनस्पति उपभोक्ता हुन् ।
२२) सयुक्त राष्ट्र संघीय दिगो विकासको लक्ष्य नम्बर ५ मा के उल्लेख रहेको छ ?
लैङ्गिक समानता

Post a Comment

0 Comments