header ads

विभिन्न जातजातिका विवाह संस्कार

1. विवाहमा सम्धी सम्धी लडाई गर्ने - कुमाल
2. दुल्हाका साथ कालो छता अनिवार्य - राई
3. बहुपति विवाह (पाण्डव) - डोल्पो
4. बिहेमा भ्याकुर खाने -डोल्पो
5. सटही विवाह -राजी
6. सुपारी विवाह -धिमाल
7. लतार्ने विवाह -छन्त्याल
8. बेल (इही )विवाह- नेवार
9. विधुवा( डङ्गुवा )विवाह- राजवंशी
10. आफूभन्दा जेठी केटीसँग विवाह -थारु
11. हडनातामा विवाह -राउटे
12. केटी किनेर विवाह -मेचे ,झाँगड
13. दुल्हा र दुलही सिन्दुर साटासाट -झाँगड
14. दुलही लिन दुल्हा जाने चलन नभएको -मेचे
15. सिन्दुर प्रथा नभएको- तामाङ ,ल्होमी ,धिमाल वालुङ
16. मङ्गलबार केटी हेर्ने जाति -चेपाङ
17. विवाहपछि अलग घर बनाएर बस्ने -किसान
18. दुल्हाका बाबु जन्ती नजाने - दनुवार
19. बिहेमा चिउरीको बोट दाइजो दिने- चेपाङ
20. दुलहीलाई विदाई गर्दा बत्ति र विषको प्याला दिने- थारु
21. दुलहाका बाबु जन्ती नगई भोलिपल्ट मात्र जाने जाति- दराई 
22. श्रीमती छँदै छँदा अर्को बिहे गरेमा लोग्नेले घर छोड्नुपर्ने- ल्होमी 
23. छोराको उमेर विवाहयोग्य भएको जाँच्न बाबुछोडा लड्ने- हायु
24. दुलहा दुल्हीको टाउको 3 पटक ठोक्काई बिहे गर्ने- चेपाङ
25. दुलहा दुल्हीको टाउको 6 पटक ठोकाई बिहे गर्ने -थामी
केटीको बच्चा भएपछि मात्र विवाह विधि पूरा भएको मानिने - ल्होमी 
26. विवाहमा घिउको टीका लगाउने-ल्होमी 
27. केटी भगाएपछि केटीका बाबुआमासँग माफी माग्ने - बारह गाउँले
28. केटी माग्न जाँदा सिस्नो लगाई सहनशीलताको परीक्षण गर्ने- लेप्चा
29. थारु जातिमा घरज्वाई बस्ने चलन -भवारपैठान
30. गाइनेले विवाहमा गाउने गीत -जयमलपता
31. दुलहा आउनु पूर्व गधाको पूजा गर्ने -बानिया
32. दुलहा दुल्हीले एकअर्काको रगत चाखेर विवाह सम्पन्न भएको मानिने -बातर
33. महिलाले श्रीमान र ससुरा तथा पुरुषले श्रीमती र सासुको नाम नलिने चलन -बन्जारा
34. बिहेमा दुई नाले र मृत्युमा एकनाले बन्दुक पड्काउने -लिम्बु/ याख्या 
35. बिहे हुनु दुई हप्तादेखि दुलहालाई हातको खुट्टा र घाँटीमा समेत दाम्लोले बाँधी आफ्नो भाषामा कुटुम्बद्वारा उपदेश दिने चलन -माझी
36. काठको मुडकोसँग विवाह -गुरुङ
37. दुल्ही भित्र्याउँदा गरिने भोजमा भयाकुर अनिवार्य -डोल्पो
38. जेठो दाजुसँग नछुटी बसेमा मात्र पैत्रिक सम्पत्तिमा कान्छो को अधिकार स्थापित हुने -बारह गाउँले
39. विवाहमा मामा चेलाचेली र फुपू चेलाचेली बीच सोल्टी साइनोमा अनिवार्य विवाह -जिरेल
40. विवाहमा सात किसिमको विधि पूरा गर्नुपर्ने वरपक्षले कन्याकै घरमा कन्यापसले भोजभतेर खुवाई उपहार दिनुपर्ने यसका अतिरिक्त ६ महिनासम्म ससुरालीमा बसी दाउरा घाँसपात गरी सेवा पुर्याउनुपर्ने- लेप्चा
41. बिहेमा दुबो वा ढुङ्गो हातमाली शपथ खुवाउने- लिम्बू
केटी माग्न जाँदा दुई बोतल रक्सी ,सुपारी ,चुरोट आदि लानुपर्ने -धिमाल
42. केटी माग्न जाँदा एक बोतल रक्सी, बङ्गुरको कालो पिठो, एक माना चामल, एक दाना सुपारी लिएर जाने- गन्धर्व
माफी, हरण ,जारी विवाह परम्परा भएको -धिमाल
43. विवाहमा केटा पक्षले केटीका आमाबुवालाई पैसा दिने चलन- राजवंशी
44. चोरी विवाह- थारु
45. विधुवाले मृतकको भाइसँग विवाह गर्ने साथै मामाको छोरी बिहे गर्ने -किसान
46. टीका सिन्दुर लगाएपछि आँपको रुखमा पाँचवटा धर्को तानेर धागो बाँधेपछि बेहुला बेहुलीको शिर आँपको रुखमा ढोकाएपछि विवाह सम्पन्न -नट
47. पाँच हजार रूपैयाँ केटाका बाबुले केटीको बाबुलाई दिनुका साथै एक जोडी हरिताल पन्छी दिएर विवाह गर्ने जाति -बन्जारा
48. सानै उमेरमा केटी माग्ने विवाह पक्का भएपछि केटी भागेमा दुबैलाई कडा सजाइदिने- माहुता


Post a Comment

0 Comments