header ads

लेखापरीक्षणबाट औँल्याइएको बेरुजु सम्बन्धमा प्रमाण पेस गरी वा नियमित गरी वा असुल उपर गरी फर्छयौट गर्ने दायित्व जिम्मेवार पदाधिकारीको हुनेछ ।

 बेरुजु फर्छयौट गर्न लगाउने दायित्व लेखा उत्तरदायी अधिकृतको हुनेछ ।

 म।ले।प। कार्यालयबाट औँल्याइएको बेरुजु सूचना प्राप्त भएको मितिले ३५ दिनभित्र फर्छयौट गरी सम्परीक्षण गराउनु पर्छ ।

 केन्द्रीय स्तर र कार्य सञ्चालनस्तरता बेरुजु तथा असुल उपर गर्नुपर्ने रकमको लगत तयार गरी राख्नु पर्दछ ।

 नियमित हुने प्रकृतिका बेरुजु लाई आवश्यक कागजात तथा प्रक्रिया पुर्‍याई फर्छयौट गर्नुपर्छ ।

 असुलउपर गर्नुपर्ने बेरुजु रकम सम्बन्धित पक्षबाट असुल उपर गरी राजस्व खातामा दाखिला गराई बेरुजु फर्छ्यौट गर्नुपर्दछ ।

 कर राजश्व सम्बन्धी बेरुजु सम्बन्धित कर राजश्व शीर्षकमा नै दाखिला गर्नुपर्दछ । अन्य राजश्व बेरुजु को हकमा जुन शीर्षकमा बेरुजु कायम भएको भएता पनि क १६ बेरुजु ९१५११२० मा जम्मा गर्नुपर्दछ ।

 असुल हुन नसकेका बेरुजु आ।का। ऐन, नियमले तोकेको प्रक्रिया पूरा गरी कुमारी चोक तथा केन्द्रीय तहशील कार्यालयमा लगत कस्न पठाउनुपर्दछ । लगत कसेको जानकारी प्राप्त भएपछि बेरुजु को लगतबाट हटाउनुपर्छ ।

Post a Comment

0 Comments