header ads

खरिदार द्वितीय पत्र प्रश्नोत्तर- संविधान

1. संविधान भनेको के हो? 
- सार्वभौमशक्तिका मालिक जनताको वैध आवाजलाई वैधानिकता दिई राज्य सञ्चालनको लागि कानुनी एवं राजनीतिक अधिकार बोकेको मार्गदर्शक दस्तावेजलाई संविधान भनिन्छ।
- राज्यमा विभिन्न अङ्गहरूको सिर्जना गर्ने त्यस्ता अङ्गलाई शक्ति प्रदान गर्ने एवं शक्ति र अधिकार माथि सीमांकनसहित नियन्त्रण र सन्तुलन कायम  गर्ने कानुनी हत्यार नै संविधान हो।
- संविधान राज्यको बडापत्र हो यसले शासकलाई शक्तिसम्पन्न तथा शासितलाई अधिकारसम्पन्न बनाउँछ।
- संविधान कुनै पनि मुलुकको सर्वोच्च कानुन हो संविधानसँग बाझिएको कानुनहरू बाझिएको हदसम्म बदर हुनेछ र संविधानको पालना गर्नु प्रत्येक नागरिकको कर्तव्य हुन्छ।

2. वर्तमान संविधान का विशेषताहरु उल्लेख गर्नुहोस्।
- ऐतिहासिक संविधानसभाबाट निर्माण भई जारी भएको मुलुकको पहिलो संविधान हो।
- सङ्घ प्रदेश र स्थानीय तह गरी राज्य संचालनको लागि तीन तहको संरचना गरेको 
 - 1 संघ,7प्रदेश एवं 753 स्थानीय तह सहितको राजनीतिक एवं प्रशासनिक संरचना हो।
- सुधारिएको संसदीय शासन प्रणालीको अवलम्बन
- मौलिक हक एवं संवैधानिक निकायहरूको व्यापक विस्तार
- सबै मातृभाषालाई राष्ट्रभाषाको रुपमा स्वीकार
- जेठ 15 गते संघीय संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था
- सर्वोच्च अदालतमा एक संवैधानिक इजालस रहने व्यवस्था
- नागरिक का कर्तव्य हरु किटान गरिएको संविधान
- स्पष्ट परिभाषा सहित धर्मनिरपेक्ष राष्ट्र
- गैरआवसीय नेपाली नागरिकलाई नागरिकता प्रदान गर्ने व्यवस्था

3. मौलिक हक भनेको के हो?
- मुलुकको सर्वोच्च कानुन संविधानमा नै उल्लेख भएका व्यक्ति तथा नागरिकका आधारभूत अधिकारलाई मौलिक हक भनिन्छ।
- राज्यको शक्ति, स्वेच्छाचारिता, निरंकुशता ,दमन र प्रकोपबाट आम नागरिकको हकअधिकार स्वतन्त्रताको रक्षा तथा राज्यशक्तिको  बिरुद्ध नागरिकलाई प्राप्त हक हो ।
-मौलिक मूल्य बोकेको हकलाई संवैधानिक रुपमा नै सरकारको शक्ति र अधिकारलाई सीमित गरी नागरिकको जीवन स्वतंत्रता, सम्पत्ति र खुशीको पक्षपोषण गर्दछ।
-वर्तमान संविधानको धारा 16 देखि 46 सम्म 31 वटा मौलिक हकको व्यवस्था गरिएको छ।

4. कर्तव्य भनेको के हो? वर्तमान संविधानमा नागरिकका के-कस्ता कर्तव्यहरु उल्लेख गरिएको छ
> व्यक्ति वा नागरिकले आफ्नो आर्थिक , मानसिक, बौद्धिक क्षमताले भ्याएसम्म मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियताको पक्षमा इमान्दारीता तथा वफादारिता पूर्व पालना गर्नुपर्ने दायित्व र जिम्मेवारीको  समष्टिगत रुपमा नै कर्तव्य हो।
 कर्तब्यलाई वर्तमान संविधानको धारा 48ले नागरिकका 4 वटा कर्तव्यहरु किटान गरिएको छ:-
(क) राष्ट्रप्रति निष्ठावान् हुँदै नेपालको राष्ट्रियता सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु
(ख) संविधान र कानुनको पालना गर्नु
(ग) राज्यले चाहेको बखत अनिवार्य सेवा गर्नु
(घ) सर्बजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु
यसबाहेक,
- राज्यलाई तिर्नु बुझाउनु पर्ने र राजस्व रकम समयमा नै भुक्तानी  गर्नु वा चुक्ता गर्नु
- सार्वजनिक कामकारबाहीमा देखिएको अनियमितता एवं भ्रष्टचारको सूचना सम्बन्धित निकायमा दिने
- आफ्नो अधिकारको पालना गर्दा अरूको अधिकारको ख्याल गर्ने र अरुको अधिकारको पनि सम्मान गर्ने
- संविधानको पालना गर्ने
- निर्बाचन प्रकृयामा भाग लिने
5. संविधानलाई किन मूल भनिन्छ?
- मुलुककै सर्वोच्च कानुन तथा यस कानुनसँग बाझिएको अन्य कानुन बाझिएको हदसम्म अमान्य हुने वा बदर हुनुभएकोले
- राज्यका अङ्गहरू तथा संवैधानिक निकायहरुको व्यवस्था गर्ने आधारभूत कानुन भएकोले
- शक्ति पृथकीकरण ,सन्तुलन तथा नियन्त्रण सम्बन्धी व्यवस्था गर्ने प्रधान कानुन भएकोले
- राज्यको सम्पूर्ण कानूनहरूको जननी संविधान भएकोले
- जनताको मौलिक हक तथा अधिकारको सुनिश्चित गराउने मूलभूत  कानुन भएकोले
- सार्वभौमसत्ता र राजकीयसत्ताको निश्चय गर्ने प्रमुख कानून भएकोले ।
6.  नेपालको संविधान कार्यान्वयन चुनौतीलाई बुँदागत रुपमा उल्लेख गर्नुहोस् 
- शिक्षा ,स्वास्थ्य, रोजगारी ,आवास र स्वच्छ वातावरणमा बाँच्न पाउने हकको कार्यान्वयन गर्नु
- मौलिक हक ,राज्यका निर्देशक सिद्धान्त र राज्यका नीतिहरूको कार्यान्वयन गर्नु
- संघीयताको कार्यान्वयन गर्नु
-राज्यको संयन्त्रको क्षमता अभिवृद्धि गर्नु
- राज्यप्रतिको नागरिकको विश्वास र भारोसा अभिवृद्धि गर्नु
- प्रतिस्पर्धी अर्थतन्त्रको निर्माण गर्नु
- शासकीय प्रणाली पूर्ति विभिन्न वर्गमा रहेको असन्तुष्टिको सम्बोधन गर्नु
- मुलुकमा दीर्घकालीन रुपमा शान्ति सुव्यवस्था कायम गर्नु

7.  नेपालको वर्तमान संविधानको कमजोर पक्षहरु उल्लेख गर्नुहोस्
- संविधान जारी हुँदा असन्तुष्टि पक्षले कालो दिनको रुपमा मनाएको
- संविधान जारी हुँदा असन्तुष्टि प्रकट गर्दा आन्दोलनमा 50 भन्दा बढीको ज्यान गएको
- ईतिहासकै लामो संविधान
- अनावश्यक रुपमा संवैधानिक अंगहरूको विस्तार
- अनावश्यक रुपमा मौलिक हकको विस्तार
- 2 वर्षसम्म अविश्वासको प्रस्ताव संसदले पेश गर्न नपाउने
- प्रदेश र स्थानीय तहबीच अन्तरसम्बन्ध स्थापित गर्न संयन्त्र कमजोर
-केही जाति वा  धर्मसम्बन्धी आयोगको सविधानमा व्यवस्था भएको हुनाले अन्य जाति र धर्मले पनि संविधानमा व्यवस्था खोज्ने।
8.नेपालमा छिटो संविधान परिवर्तन हुनुको कारण लेख्नुहोस्।
- जनतामा लोकतन्त्रप्रतिको लहर बढ्दै जानु
- राजनैतिक अस्थिरता
- संवैधानिक संस्कारको अभाव
- राष्ट्रप्रमुख बाट आफ्नो इच्छाअनुसार घोषणा गर्ने परिपाटी
- सार्वभौमसत्ता र राजकीयसत्ता पूर्णरुपले जनतामा निहित नहुनु
- राजनीतिक एवं दूरदर्शी नेतृत्वको कमी
- संविधान प्रतिको असन्तुष्टि पक्षहरुलाई सम्बोधन गर्न नसक्ने

9. नेपालको वर्तमान शासन पद्धतिको विशेषताहरु उल्लेख गर्नुहोस्।
- संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन पद्धति
- जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन
- नागरिक स्वतन्त्रता मानवअधिकार प्रत्याभूति
- बालिग मताधिकार
- पूर्ण प्रेस स्वतन्त्रता
- लोकतन्त्रिक मूल्य मान्यतामा आधारित शासन प्रणाली
- समावेशी र सहभागितामूलक शासन पद्धति
- बहुजाति ,बहुभाषिक ,बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त शासन प्रणाली
- जातीय छुवाछुत अन्त्य सहित शासन।

Post a Comment

0 Comments