header ads

खरिदार द्वितीय पत्र प्रश्नोत्तर- सेट -1

1. कार्यालय भन्नाले के बुझिन्छ?  कार्यालयका प्रमुख कार्यहरु उल्लेख गर्नुहोस।
        " संगठनका दैनिक र भैपरी कार्य गर्ने स्थान"
- कार्य शब्दमा आलय प्रत्ययको संयोजन भई कार्यालय शब्दको निर्माण हुन्छ।  जसको अर्थ कुनै खास वा व्यवसायिक वा प्रशासनिक काम गर्ने स्थान ठाउँ क्षेत्रलाई जनाउँदछ।
- निश्चित उद्देश्यले जहाँ कार्यसम्पादन गरिन्छ भने कार्यालय हो।
- संगठनको निश्चित गतिविधिहरु सञ्चालन गर्न स्थापना गरेको बिधिबत सयन्त्र र संरचना हो।
-कार्यालय  वा संगठनलाई जीवनको दिलाउने पद्धति नै karyalaya हो । 
कार्यालयका कार्यहरू
क) आधारभूत कार्यहरू
- सूचना संकलन गर्नु
- सूचनाको अभिलेख राख्नु
- सूचनाको प्रशोधन तथा व्यवस्थापन गर्नु
- सूचना चाहेको बेला उपलब्ध गराउनु
- सूचनाको संचार प्रवाह गर्नु
ख) सहायक कार्यहरु
- जनसम्पर्क
- सेवा प्रवाह
- कर्मचारी व्यवस्थापन
- कार्यालय व्यवस्थापन
- चल अचल सम्पत्तिको सुरक्षा
- मसलन्द सामग्रीहरूको खरिद तथा नियन्त्रण
अन्तमा, कार्यालयको मुटु कार्य भएकोले कार्य नै कार्यालय हो।
2. टिप्पणीको परिचय दिँदै कार्यालय व्यवस्थापनमा टिप्पणीको महत्व उल्लेख गर्नुहोस।
गरेमा कार्यसम्पादनका सिलसिलामा प्रचलित कानुनको आधारमा आफ्नो राईसहित निर्णय गर्न अधिकारप्राप्त अधिकारी समक्ष पेश गर्ने दस्ताबेज टिप्पणी हो ।
- यसलाई महत्वपूर्ण कुरामा निर्णय गर्न वा नीति निर्धारण गर्न चाहिने आवश्यक तथ्यहरु संकलन गरी  टिपोट गरेर अधिकारप्राप्त अधिकारी बाट निर्णय गराउने प्रक्रिया टिप्पणी हो।
- कार्यालयको तल्लो तहदेखि क्रमश :उठाएको विभिन्न तथ्य, जानकारी ,हाल कानुनमा भएका व्यवस्था तथा राय सुझाव सहितको विवरणलाई टिप्पणी भनिन्छ।
- एउटा संगठनभित्र कुनै एक पदाधिकारीबाट आफ्नो सुपरिवेक्षक समक्ष कुनैपनि निर्णय गर्नुपर्ने नीतिगत तथा प्रशासकीय  विषयको पत्रमाथि कस्तो निर्णय लिन उपयुक्त हुन्छ आफ्नो राय र धारणा उल्लेख गर्ने कार्यालाई टिप्पणी लेखन भनिन्छ।

Post a Comment

0 Comments