header ads

समसमाहिक जानकारी 2

·   नेपालमा वि.सं. १९९० पछि ठूलो भूकम्प ( ७.६ रेक्टर स्केल ) कहिले गयो? 
  वि.सं. २०७२ वैशाख १२ गते
·   नेपालको सबैभन्दा पुरानो मूर्ति कुन हो?   
  विरुपाक्ष
·   CTBT (Comprehensive Nuclear Test Ban Treaty) मा नेपालको तर्फबाट हस्ताक्षर गर्ने व्यक्ति को हुन्?
  डा. प्रकाश चन्द्र लोहनी
·   नक्कली कागजात पेश गरि खाता खोल्नेलाई कस्तो सजाय हुन्छ?
  बिगो भराई बिगो खुलेकोमा बिगोको दोब्बर जरिवाना र छ महिनासम्म कैद ।
·   नेपालको संबिधान, २०१९ को पहिलो संशोदन कहिले भएको थियो?
  वि.सं. २०२३/१०/१४
·   काठमाडौं उपत्यकामा सवारी साधनहरुबाट निस्कने प्रदुषणको जाँच औपचारिक रुपमा कहिले देखि प्रारम्भ  भएको हो?    
  वि सं २०५१ वैशाख १

·   लिच्छविकालमा लिच्छवी राजाहरूले भारतीय राजा समुद्र गुप्तलाई बुझाउने गरेको कर कसको पालाबाट खारेज भएको थियो
  वृष देव
·   How many articles are there in the SAARC Charter?
    
 10
·   तरलता व्यवस्थापनको निमित्त आवश्यक उपकरणको माद्यमद्वारा खुला बजार कारोबार संचालन गर्ने कार्य कसले गर्दछ?  
  नेपाल राष्ट्र बैंक

·   संविधानको कति धारामा बाधा-अड्काउ फुकाउने व्यवस्था छ?

  धारा ३०५
·   हालै नेपालको कुन ठाउँमा 108 गौमुखी धारा निर्माण गरिएको छ?

 हेटौडा
·   गुहेश्वरी मन्दिर कुन मल्ल राजाले बनाएका हुन्?

  प्रताप मल्ल
·   When was the agreement on SAPTA (SAARC Preferential Trading Arrangement) signed?
  11th April 1993



·   क्रिकेट खेलसँग सम्बन्धित LBW को पुरा रुप के हो?
  Leg Before Wicket
·   नेपालको संविधानको धारा २९२ मा के को व्यवस्था गरिएको छ?   
  संसदीय सुनुवाई सम्बन्धी व्यवस्था
·   चौदण्डी गढी कुन जिल्लामा पर्दछ?   
  उदयपुर
·   नेपालको कान्छो महानगरपालिका निम्न मध्ये कुन हो?
  वीरगन्ज
·   “The Global Food Crisis” was one of the major points of discussion in which SAARC summit?

  Fifteenth SAARC Summit
·   फिफा विश्व कप फुटबल २०१८ मा कुल कति वटा खेल (matches) खेलिएको थियो?
  64
·   नेपालको संविधान, २०१९ को संविधान मस्यौदा आयोगमा कति सदस्य रहेका थिए?  
  ६ जना
·   नेपालको कुन ठाउँमा बिरालोको ठुलो स्तम्भ निर्माण गरिएको छ?
  तेरहथुम



Post a Comment

0 Comments