header ads

प्रश्न नं.१) लेखा भनेको के हो ?

वित्तीय कारोबारको अभिलेखः लेखा

लेखा भनेको आर्थिक कारोबारको अभिलेख हो। यसले उक्त कारोवारलाई प्रमाणित गर्ने अन्य कागजात समेतलाई जनाउदछ ।

यसले हरेक संगठनको आर्थिक अवस्थाको चित्रण गर्दछ ।

कारोबार भएको व्यहोरा देखिने गरी प्रचलित कानून बमोजिम राखिएको अभिलेख, खाता, किताब तथा सो कारोवारलाई पुष्टि गर्ने अन्य कागजात समेतलाई लेखा भनिन्छ ।

लेखापरीक्षण ऐन, २०७५ अनुसार लेखा भन्नाले कारोवार भएको व्यहोरा देखिने गरी प्रचलित कानून बमोजिम राखिने अभिलेख, खाता, किताब आदि र विधुतीय माध्यमबाट राखिएको अभिलेख र सो कारोवारलाई प्रमाणित गर्ने अन्य कागजातलाई समेत बुझाउछ ।

लेखापालन वा लेखा प्रणालीको सुरुवात ग्रिसबाट भएको हो ।

आर्थिक कारोवारहरुलाई मितिको कमानुसार नियमित र व्यवस्थित ढंगले अभिलेख राखिने हुँदा यसलाई आर्थिक कारोवारहरुको इतिहास समेत भनिन्छ ।

Post a Comment

0 Comments